वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो।
उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल प्रहरीले बरामद गरेको छ।
लागुऔषधसहित पक्राउ परेका पाठकलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपक गिरिले जानकारी दिए।