sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न जाँदै गठबन्धन दल

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0३
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न जाँदै गठबन्धन दल

पोखरा । गण्डकी प्रदेशमा गठबन्धन दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्मको समयसीमा छ । दिउँसो २ बजे कांग्रेस-माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दैछ । बैठकमा छलफलपछि सरकारमा दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

गण्डकीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए । शीर्ष नेताहरूबीच पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको भन्दै चुमान पछि हटेका हुन् ।

खगराज अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid