काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको बारे जानकारी नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।
रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले अखबारहरुमा पढेँ बाँकी जानकारी छैन।’
यसअघि अध्यक्ष ओलीले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समाचार आएका थिए। समर्थन गरे पनि सरकारमा गइनसकेको रास्वपाले सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा शुक्रबार बैठक बसेर निर्णय गर्दैछ।