काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
सचिवालय स्रोतले दिएको जानकारीअनुसार उनले आफू बिरामी भएको व्यहोराको पत्र पठाएका हुन् । तर, पत्र भने दर्ता भइसकेको छैन ।
सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा छन् । पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।
यता, एमालेले उनलाई आजै सचिव पदबाट निलम्बन गरेको छ ।