sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:३२
नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

२० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘आईसीसीले क्यानलाई इमेल गर्दै टी-२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको छ’, चन्दले अनलाइनखबरसँग भने, ‘टी २० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुने जानकारी गराएको छ ।’
एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् ।

एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुने छन् । पछिल्लो तीन महिनामा नेपालले क्रिकेट विश्वकप लिग टु को दुई शृंखला र एसीसी प्रिमियर कपको सफल आयोजना गरेको थियो । जहाँ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लिग टु को शीर्ष तीनमा रहेर वान डे विश्वकपको छनोटमा स्थान बनायो भने एसीसी प्रिमियर कपको उपाधि नै जित्यो ।

यी प्रतियोगितामा उपस्थित नेपाली समर्थक अनी नेपाली टिमको प्रदर्शनले गर्दा अहिले विश्व क्रिकेटको नजर नै नेपालमा परेको छ । एसीसी प्रिमियर कपको सफल आयोजना गरेपछि नेपालले टी-२० विश्वकपको छनोटको एसिया छनोट आयोजना गर्ने दावी गरेको थियो र त्यसमा आईसीसी सकरात्मक बन्दै जिम्मेवारी दिएको क्यान अध्यक्ष चन्दले बताए । चन्दका अनुसार एसीसी प्रिमियर कप भएका दुई मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा छनोटका खेलहरु आयोजना गरिनेछ ।

चन्दले अब हरेक वर्ष नेपालले एसियाको कम्तीमा पनि एउटा प्रतियोगिता नियमित आयोजना गर्ने र आईसीसीको इभेन्ट आयोजनाका लागि पहल गर्ने बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid