

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गरिएको छ ।

वर्तमान संसद् गठनपश्चात् प्रधानमन्त्रीसँग यो पहिलो प्रश्नोत्तर कार्यक्रम हो ।

आजको बैठकका लागि नियम निलम्बन समेत गरिएको छ ।

एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो ।

प्रधानमन्त्रीसँग पहिलो प्रश्नोत्तरमै संसद्को नियम निलम्बन

