May 21, 2025 | बुधबार, जेष्ठ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता : मुख्यमन्त्री शाह

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १0:५९
सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।

शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं,’ शाहले भने ।

रेशम चौधरीको आजीवन कारबासको सजायँ सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए ।

सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् । मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको कार्यकालमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको समेत बताए । सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकासतर्फ २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर ग्राभेल, ३ वटा पुल, एउटा झोलुंगे पुल निर्माण र ३६ वटा खानेपानी योजना सम्पन्न गरिएको उनले उपलब्धि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट