sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर छन् : कुलमान घिसिङ

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १४:0६
भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर छन् : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको बताएका छन् । आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताए ।

‘हाम्रो पहिलो प्राथमिकता देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’

देशभित्र खपत हुन नसकेको बिजुली निर्यातका लागि बजार खोज्न सकिने भन्दै उनले विद्युत बिक्रीका लागि बजारको जोखिम नभएको दाबी गरे । ‘भारत र बंगलादेशसँगका धेरै बैठकहरुमा भाग लिएपछिको मेरो अनुभवले के भन्छ भने नेपालमा उत्पादित विद्युत् बिक्रीका लागि बजार सुनिश्चित छ । त्यो पनि राम्रो मूल्यमा बिक्री गर्न सकिने देखिएको छ’ उनले भने ।

नेपालमा नदी प्रवाही जलविद्युत आयोजनाहरु वर्षायाममा पूर्ण क्षमतामा चल्छन् । त्यस्ता आयोजनाबाट वर्षायाममा उत्पादित विद्युत प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिएको हुन्छ ।

‘वर्षायाममा आन्तरिक रुपमा खपत गरी बचत भएको भारत र बंगलादेशमा विद्युत बिक्रीका लागि राम्रो दरमा बिक्री गर्न सकिन्छ । हिउँदयाममा भन्दा वर्षायामा विद्युत निर्यातको दर राम्रो पाउने अवस्था छ,’ उनले भने, ‘यद्यपि, निर्यात हुने दरको टुङ्गो भने लागेको छैन ।’ निर्यात गर्दा वर्षायाममा दर राम्रो पाउने सम्भावना देखिएको उनले औंल्याए ।

भारत र बंगलादेश नेपालको जलविद्युत आयोजनामा लगानी गरेर निर्माण गर्नेभन्दा पनि उत्पादित विद्युत किन्ने पक्षमा रहेको उनले बताए ।
‘उनीहरुकोसँगको बैठकमा विद्युत उत्पादन गर्नुहोस् हामी किन्छौं, बजारको चिन्ता गर्नु पदैन भन्छन्,’ उनले भने, ‘भारतको खुला बजारमा विद्युत बिक्री गर्ने सँगै दुई-पाँच वर्षको अवधिको विद्युत खरिद सम्झौता (पीपीए) गर्न द्विपक्षीय छलफल सकारात्मक रुपमा अगाडि बढिरहेका छन् ।’

उनले बजार छैन भनेर पीपीए रोक्न नहुने बताए । ‘राज्यका निकायले केही जोखिम त लिनै पर्छ । पीपीए जोखिम मात्र हैन, अवसर पनि हो,’ उनले भने,‘ विगतमा पीपीए नगरिएको भए अहिले जलविद्युत आयोजनाहरु कसरी निर्माणमा जान सक्थे ? हाम्रा खोलानालाबाट उत्पादित हरित ऊर्जा बिक्रीका लागि चिन्ता छैन ।’

भारत र बंगलादेशलाई विद्युत बिक्रीका लागि ठूला प्रसारण लाइनका सञ्जाल निर्माण गर्ने, त्रिपक्षीय सहमति तयार गर्ने लगायतका कामहरु भइरहेको घिसिङले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid