May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वर्णिम वाग्ले : “नीति–कार्यक्रम एउटा परम्परा धान्ने दस्तावेज हो ।”

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:२३
स्वर्णिम वाग्ले : “नीति–कार्यक्रम एउटा परम्परा धान्ने दस्तावेज हो ।”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइने भएकाले अहिले पनि त्यो ‘ट्रेन्ड’लाई धानिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र हुने त होइन भन्ने शंका सबैको मनमा रहेको बताए । आफ्नो पार्टी रास्वपा रचनात्मक प्रतिपक्षी भएकाले त्यसको विरोध मात्र नगर्ने उनको भनाइ छ ।

“कर्मकाण्डमा सामेल भएका छैनौँ भन्ने सबैलाई लागेको छ । फुलस्पट, कमा पनि सरकारले नचाहेसम्म परिवर्तन नहुने हो कि भन्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ,” उनले भने, “विगत १० वर्षदेखि म आफैँ कतै न कतै राज्यको संरचनामा परोक्ष रूपमा भए पनि सहभागी छु । नीति–कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज हो, त्यो अहिले धानिएको छ ।”

उनले नीति तथा कार्यक्रममा प्रशस्त सुधार गर्न सकिने ठाउँ भएको पनि बताए । कार्यक्रमलाई बजेटसँग कसरी लिंक गर्न सकिन्छ, त्यो पनि महत्त्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे ।

“धेरै उत्ताउलोपन देखाउनुपर्छ भन्ने लाग्दैन । क्रमभंगतातिर लान सकिन्थ्यो । तर, अहिलेको कार्यक्रमले त्यो मिलेको छैन,” उनले भने ।

उनले बजेट यथार्थपरक ल्याउन पनि माग गरे ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट