sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १५:४८
लक्ष्यभन्दा कम प्रतिशत भन्सार असुली

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।

भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले यस अवधिमा मात्र ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो चैतसम्मको लक्ष्यको तुलनामा मात्र १० प्रतिशत प्राप्ति हो ।

नेपालमा अहिले दुई विमानस्थल (त्रिभुवन र गौतमबुद्ध) सहित कुल ३३ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ ।

सोहीकारण भन्सार राजस्व संकलन समेत यी नाकाबाट हुने गर्छ । चैतसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य भन्सार विभागले राखेको थियो । यस अवधिमा संकलन २ खर्ब ८५ अर्ब मात्र भएको छ । यो लक्ष्यको ५८ प्रतिशत मात्र हो ।

यसै वर्ष सञ्चालनमा आएको अर्को नयाँ भन्सार विन्दु चोभार सुख्खा बन्दरगाहबाट भने लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट चैतसम्म ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ राजस्ज संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलन भने १४ करोड २६ लाख ८८ हजार रुपैयाँ भएको छ । यो प्राप्ति लक्ष्यको १६० प्रतिशत हो ।

त्रिभुवन विमानस्थलबाट भने सरकारले लक्ष्यको ५८ प्रतिशत मात्र भन्सार असुली भएको छ । यो विन्दुबाट चैतसम्म २२ अर्ब ५० करोड रुपैयाँ भन्सार असुलीको लक्ष्य रहेकोमा प्राप्ति भने १३ अर्ब १९ करोड रुपैयाँ मात्र भएको छ । सबैभन्दा धेरै राजस्व भने वीरगञ्ज भन्सारबाट उठेको छ । यो भन्सारले चैतसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेकोमा संकलन १ खर्ब १५ अर्ब रुपैयाँ बराबर गरेको छ । यो लक्ष्यको ६० प्रतिशत हो ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid