काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलले ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेका छन् ।
ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।
बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।