काठमाडौं । दुवै खुट्टा गुमाएपछि हरिबहादुर बुढामगर दुई वर्ष त्यत्तिकै रुमलिएर बसे । मनमा अनेक कुरा खेल्न थाल्यो । आफ्नो जिन्दगी नै समाप्त भएजस्तो महसुस गरे । दिन प्रतिदिन मानसिक पीडा उकालो लाग्न थाल्यो । त्यो समयमा उनलाई लाग्थ्यो- म धर्तीको बोझ रहेछु !
दुःख र पीडा भुलाउने बहानामा ‘अल्कोहलिक’ बने । पीडा कम भएन । उल्टै कुलतमा फसे । त्यति बेला आफू पूरै दुर्व्यसनमा फसेको हरि बताउँछन् । रक्सीले उनका हात काप्न थालिसकेका थिए ।
त्यसपछि उनलाई ल्याग्यो-यस्तै तरिकाले त मरिन्छ ! म मरेँ भने मेरो स्टोरी त सकिन्छ, त्यसको दोष मेरो परिवारले पाउनेछ ।
काठमाडौं । दुवै खुट्टा गुमाएपछि हरिबहादुर बुढामगर दुई वर्ष त्यत्तिकै रुमलिएर बसे । मनमा अनेक कुरा खेल्न थाल्यो । आफ्नो जिन्दगी नै समाप्त भएजस्तो महसुस गरे । दिन प्रतिदिन मानसिक पीडा उकालो लाग्न थाल्यो । त्यो समयमा उनलाई लाग्थ्यो– म धर्तीको बोझ रहेछु !
दुःख र पीडा भुलाउने बहानामा ‘अल्कोहलिक’ बने । पीडा कम भएन । उल्टै कुलतमा फसे । त्यति बेला आफू पूरै दुर्व्यसनमा फसेको हरि बताउँछन् । रक्सीले उनका हात काप्न थालिसकेका थिए ।
त्यसपछि उनलाई ल्याग्यो- यस्तै तरिकाले त मरिन्छ ! म मरेँ भने मेरो स्टोरी त सकिन्छ, त्यसको दोष मेरो परिवारले पाउनेछ ।
“समाजको दोषबाट परिवारलाई बचाउनको लागि भए पनि म बाँच्नुपर्छ भन्ने मलाई लाग्यो,” उनी भन्छन्, “त्यसपछि त्यो दुर्व्र्यसनीबाट छुट्नको लागि मैले स्पोर्ट्स र एड्भेन्चर सुरु गरेँ ।”
सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँका क्रममा हरिबहादुरले आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिसम्म गुमाएका थिए ।
एड्भेन्चरसँगै उनमा विस्तारै आत्मविश्वास बढ्दै गयो । युरोप र अमेरिकामा स्किङ खेल्न थाले । त्यो बेलामा हिमाल देख्थे । हिमाल देख्नेबित्तिकै सगरमाथा सम्झिन्थे । तर, विश्व कीर्तिमान उनको कल्पनामै थिएन ।
नेपालमा उनका साथी कृष्ण थापामगर स्किङ खेलाउँथे । कृष्ण हरिका पुराना स्किङ खेल्ने साथी पनि हुन् । ब्रिटिस सेनामा हुँदा कृष्ण माउन्टेन चिफ थिए । कृष्णसँग उनको बेलाबेलामा कुराकानी हुन्थ्यो । सोही क्रममा कृष्णले सगरमाथा आरोहणका लागि आग्रह गरे ।
त्यसपछि हरि स्किङ खेल्न नेपाल आए । उनले गोसाइँकुण्डमा स्किङको अभ्यास गरे । हरि भन्छन्, “गोसाइँकुण्डमा स्किङ गर्दा मेरो ध्यान दुई कुरामा थियो । पहिलो कुरा, उचाइमा मेरो स्वास्थ्यले थाम्न सक्छ कि सक्दैन ? दोस्रो कुरा, फिजिकल्ली यो सम्भव छ कि छैन ?”
आत्मविश्वास बढाउनका लागि उनले ‘ह्युमन रिभुलेसन’का बारेमा अध्ययन गरे । अनि, हिमाल चढ्न थाले । सगरमाथाअघि हरिले फ्रान्सको माउन्ट बिलंक, तान्जेनियाको माउन्ट किलिमन्जरो, नेपालको मेरा पिकलगायत हिमाल उक्लिइसकेका थिए ।
४३ वर्षअघि रोल्पाको मिरुलमा जन्मिएका हरिबहादुरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढे । विश्वको सर्वाेच्च शिखरको सफल आरोहण गरेर कीर्तिमान बनाए ।
मिरुल रोल्पाको विकट क्षेत्र हो । तीन दाजुभाइमध्ये उनी सबैभन्दा जेठो हुन् । सामान्य परिवारमा जन्मिए । बाल्यकाल सामान्य रूपमै बित्यो । सुरुमा गाउँकै विद्यालयमा पढे । विद्यालय पुग्न घरबाट करिब ४५ मिनेट हिँड्नुपर्थ्यो । पछि अध्ययनका लागि हरिबहादुर रोल्पाको सदरमुकाम लिवाङ झरे ।
मौका परीक्षाबाट एसएलसी उत्तीर्ण गरे । त्योसँगै गाउँभरि उनको चर्चा चुलियो । सबैले तारिफ गरे । कारण, उनी गाउँबाट एसएलसी पास गर्ने पहिलो विद्यार्थी थिए । ०५५ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए ।
सगरमाथा आरोहण सपना
नेपाललाई विश्वभर चिनाउने तीन कुरा छन् जस्तो उनलाई लाग्छ । सगरमाथा, बुुद्धको देश र गोर्खाली । हरि आफू यी तीनै कुरासित जोडिएको बताउँछन् ।
उनी भन्छन्, “म यी तीनवटै कुरामा रिलेटेट छु । किनभने, म सगरमाथा आरोही हो । म बुद्धिस्ट हो । अनि, गोर्खाली पनि हो ।”
भूतपूर्व गोर्खा सैनिक उनले सगरमाथाका बारेमा सबैभन्दा पहिले विद्यालयमा पढेका थिए । “सर-म्याडमहरू पढाउँदा भन्नुहुन्थ्यो-संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा हो, जुन नेपालमा पर्छ । जसको पहिलो आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् ।” यो पढ्दा गर्व महसुस हुन्थ्यो ।
उनले हिमाल त त्यति बेलै देखेका थिए, सिस्ने र धौलागिरि । रोल्पाको मिरुलबाट नजिक पर्ने हिमाल तिनै हुन् । तर, गाउँबाट धेरै टाढा । त्यसैले बाल्यकालमा उनलाई लाग्थ्यो- सगरमाथा कस्तो हुन्छ होला ? कहाँ छ होला ? कसरी चढ्छन् होला ? उनमा सगरमाथा उक्लने रहर जाग्यो ।
सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएपछि पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने लागिरह्यो । काममा व्यस्त हुँदा त्यतातिर उनको ध्यान भने कमै गयो ।
व्यवधान
हरिले सगरमाथा आरोहणका लागि आजभन्दा पाँच वर्षअघि सन् २०१८ मै तयारी गरेका थिए । त्यसकै लागि नेपाल आए । तर, सरकारले २०१७ डिसेम्बरमा दुइटै आँखाले नदेख्ने र दुवै खुट्टा नहुनेलाई सगरमाथा आरोहणमा प्रतिबन्ध लगायो । त्यसपछि हरि पुनः बेलायत फर्किए ।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वाेच्चले सबैलाई सगरमाथा आरोहणका लागि अनुमति दिन आदेश दियो । २०१९ मा कोरोना महामारी सुरु भयो । उनले सगरमाथा आरोहणका लागि पैसा संकलन गर्न सकेनन् । कोरोना कम हुन थालेपछि रकम जम्मा गरे ।
अन्नतः विजय
सगरमाथा उक्लिन सबै तयारी गरेर गएको अप्रिल ५ मा त्यसतर्फ लागे । २७ जनाको टिममा थिए उनी । सगरमाथा आरोहण यात्रा सुरु भयो । ‘मेरा पिक’ सहजै पुगे ।
तर, मौसम प्रतिकूल हुँदा सगरमाथा बेसक्याम्पमा लामो समय बस्नुप¥यो । हरिको टिम १८ दिनसम्म त्यहीँ बसेको थियो । त्यो समय एकदमै ‘बोरिङ’ लाग्दो भएको उनी सुनाउँछन् । त्यो पल सम्झन पनि चाहँदैनन् ।
“मौसम बिग्रेको कारण बेसक्याम्पमा १८ दिन बस्नुपर्दा यति बोर लाग्यो कि भयो, त्यो कुरा नगरौँ होला,” उनले भने ।
१८ दिन बेसक्याम्पको बसाइपछि मौसम खुल्यो । क्याम्प २ यात्रा सुरु भयो । उनीहरू सहजै त्यहाँ पुगे । तर, क्याम्प २ भन्दा अलि माथि पुग्नेबित्तिकै फेरि मौसम बिग्रियो । हरि क्याम्प २ मै फर्किए । उनका सहयोगीले भने क्याम्प ४ मा सामान सार्ने काम निरन्तर गरिरहे । सहयोगीले सबै व्यवस्था मिलाएपछि उनी अघि बढे । २७ मध्ये हरिसहित पाँचजना सगरमाथाको शिखर चढे ।
हिम्मत हारिसकेका थिए हरिले
सगरमाथा आरोहण गर्ने क्रममा आफू धेरैपटक ‘गिभअप’ गर्ने मनस्थितिमा पुगेको हरि बताउँछन् । त्यति बेला उनी तीनपटक सगरमाथा आरोहण त्याग्ने निर्णयमा पुगिसकेका थिए । उनले आफ्नो कान्छो छोरासँग बीच बाटोबाटै फर्कने पनि बताएका थिए । अक्सिजन सकिँदा एकदमै गाह्रो भएको र सगरमाथा नचढी फर्कने मनस्थितिमा पुगेको उनी सुनाउँछन् ।
साउथ समिटबाट अघि बढ्दा उनको अक्सिजन सकियो । सहयोगीले अक्सिजन परिवर्तन गरिदिए । परिवर्तन गरिएको अक्सिजन पनि ‘लिक’ भएर चाँडै सकियो । त्यसपछि उनलाई एकदम गाह्रो भयो ।
उनी भन्छन्, “साथीहरूले मेरो अक्सिजन चेन्ज गर्दिनुभयो । तर, त्यो अक्सिजन लिक भयो । मलाई एकदमै गाह्रो भयो । अघि बढ्छु भन्छु, सकिँदैन । पुनः प्रयास गर्छु, तर सकिँदै सकिँदैन ।”
हरिसँग सगरमाथा आरोहण गर्ने टिममा उनका भाइ नन्द बुढामगर पनि थिए । एकदमै गाह्रो भएपछि उनले भाइलाई भने, “अब माथि जान सकिँदैन, फर्किऔँ ।”
सहयोगीले हरिको अक्सिजन ‘चेक’ गर्दा ‘लिक’ भएर सकिएको थाहा पाएका थिए । “त्यसपछि त मेरो अक्सिजन नै रहेन । अक्सिजन नभएपछि कस्तो हुँदो रहेछ पहिलोपटक महसुस गरेँ,” हरि भन्छन्, “सहयोगीहरूले अक्सिजन परिवर्तन गरेपछि एकैछिनमा म फ्रेस भएँ । अनि, हामी अघि बढ्यौँ ।”
शिखरमा पुग्दाको त्यो क्षण
हरिसहित पाँचजना जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको शिखरमा पुगे । हरिको सपना थियो, त्यहाँ मजाले वरिपरिका हिमाल हेर्ने र फोटो खिच्ने । सगरमाथाको शिखरमा तस्बिर खिच्नकै लागि भनेर उनले धेरै झन्डा समेतलगेका थिए । तर, त्यो सम्भव भएन ।
फोटो खिच्नका लागि सबैले आफ्नो फोन निकाले । सबैका फोन ‘अफ’ भएको थियो । उनलाई तनाव भयो । किनभने, सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्न फोटो खिच्नैपर्ने थियो । साथमा दुइटा गोप्रो पनि लगेका थिए । एउटा गोप्रो ‘अन’ नै भएन । अर्काे गोप्रोले काम गर्यो । त्यसमा पनि चार्ज कम थियो । त्यसैले काम चलाए । तस्बिर खिचे ।
लगत्तै त्यहाँबाट ओर्लनुपर्ने थियो । सबैको अक्सिजन सकिन लागेको थियो । तर, कसैलाई केही भएन । पाँचैजना सकुशल क्याम्प ४ मा झरे । उनीहरू त्यो रात त्यहीँ बास बसे । भोलिपल्ट क्याम्प २ मा आए । त्यहाँबाट हरि हेलिकोप्टरमार्फत बेसक्याम्पमा उत्रिए । बेसक्याम्पबाट चैत ९ गते उनी काठमाडौं ओर्लिए ।