काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ ।
कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको जनाएको हो ।
मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ ।
कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई उनीहरूको कम्प्युटर र मोबाइल जन्य उपकरणहरू सोचेकै आधारमा चलाउन सक्ने चिप विकास गर्नेतर्फ न्युरालिंकले काम गरिरहेको छ ।
यसअघि, सन् २०२२ को सुरुमा कम्पनीको आवेदन एफडीएले अस्वीकार गरेको थियो ।