sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जेलबाट छुटेपछि रेशमको उद्घोष- अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:३३
जेलबाट छुटेपछि रेशमको उद्घोष- अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं

काठमाडौं । रेशम चौधरीले आफूहरूले ‘मिसन २०८४’ थाल्ने उद्घोष गरेका छन् । डिल्लीबजार कारागारबाट छुटेपछि नेपाल प्रेसकर्मी भानुभक्त आचार्यलाई अन्तर्वार्ता दिँदै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् ।

‘अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उनले भने ।

रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताए ।

उनले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताए ।

‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उनले भने ।

सिमेन्टका पिलर नहुँदा सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो गरे । उनले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताए । उनले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताए ।

‘टीकापुरमा मेरो घर, एफएम, रिसोर्ट जलाइयो । साढे ३ सयजतिको फोटो मसँग छ । उहाँहरू बुद्धिजिवी हुनुन्छ । उहाँहरूलाई कारबाही गरूँ त ? यसको मतलब म रिहा भएपछि तुरुन्त फर्किएर बदला लियौं भन्ने होइन । हाम्रो परिवारमा तीनजना मन्त्री सांसद भयौं । समाज मिलाउने दायित्व हाम्रो हो । जाडोघाम मिलाएर बस्नुपर्छ । त्यो समाज मिलाउन हाम्रो दायित्व हो । टीकापुर बनाउने मेरो सपना हो । टीकापुर बन्नुपर्छ’, उनले भने ।

रेशमले टीकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्ने आफ्नो अवधारणा सुनाए ।

‘टीकापुर जिल्ला बनाइए नेपालको विकासमा एउटा आयाम थपिन्छ । तपाईँ हाम्रो आँगनमा देउसी भैलो खेल्नुहुन्छ भने हामी तपाईँको आँगतमा सखिया नाच्न पाउनुपर्छ । संविधानमा पहिचानका प्रदेश र नाम किन लेखिँदैन । टीकापुरलाई जिल्ला बनाउनुपर्छ ।’

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid