April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १३:४१
जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अ भद्र व्यवहार गरेको भन्दै अभिभावक तथा विद्यार्थीले हातपात गरेका छन् ।

विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरुबीच छलफलको लागि बैठक बोलाइएको थियो ।

सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित बनेका विद्यार्थीहरुले हातपात गरेका छन् । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुसँग विगतदेखि नै शिक्षक झाले अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लिल शब्दहरु प्रयोग गरेको भन्दै उनीमाथि कु टपिट गरिएको बताइएको छ । बैठकमा कुनै निर्णय हुन नसक्दा विद्यार्थीहरुले शिक्षकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय समेत घेराउ गरेका छन् ।

यता प्रहरीले विद्यालयमा विवाद हुँदा अरुण कुमार कर्ण तथा अखिलेश झागरी दुई जना शिक्षकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरेको थियो । साँझ उनीहरुलाई छाडिएको छ । विद्यालयले करीब एक हप्ता अगाडि मर्निङ्ग कक्षा सञ्चालन गरेर फेरि ‘डे सिफ्ट’ मा परिवर्तन गरी विद्यार्थीलाई दुःख दिएको तथा यस्तो क्रियाकलाप प्रधानाध्यापक बलराम साहलगायत शिक्षकहरुले आफू अनुकूल हुने गरी विगतदेखि नै पटक –पटक समय परिवर्तन गर्दै आएको विद्यार्थीको गुनासो छ ।

विद्यार्थीहरुले शिक्षक झा कक्षामा आएर छात्राहरुसँग अश्लिल शब्द प्रयोग गर्ने गरेको, यौनजन्य क्रियाकलाप गर्न खोजेको, अभद्र व्यवहार प्रदर्शन गरेको लगायतका आरोपहरु लगाएका छन् । यस विषयमा प्रधानाध्यापकोमा गुनासो गर्न जाँदा कुटाइसमेत खानुपरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कुटाइबाट शिक्षक झाको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको छ । विद्यार्थीहरुले यसअघि गत बिहीबार र शुक्रबार पनि विद्यालयबाहिरसमेत प्रदर्शन गरेका थिए । यता, यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यार्थीहरुले कसैको उक्साहटमा शिक्षकमाथि हातपात गरेको प्रतिक्रिया दिएका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट