sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यार्थी चौरमा पढ्न बाध्य

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४९
विद्यार्थी चौरमा पढ्न बाध्य

सिमकोट – विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता आइलागेको छ। तीन दिनदेखि परेको वर्षाका कारण माथिबाट आएको पानीको भल कक्षामा पसेपछि हिलाम्मे कोठामा यसरी पढ्नुपरेको हो।

ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुुई दिनको वर्षाले गर्दा माथिबाट पानीको भल कक्षाकोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नुपरेको बताए।

कोठामा भल पसेपछि ६ वटा कोठा हिलोको लेदो भरिएर हिलाम्मे हुँदा त्यहाँ विद्यार्थी बस्न सक्ने अवस्था नहुँदा चौरमा बसेर पढाउनुपरेको हो। कक्षा तीन र ६ देखि १० कक्षाका गरी ६ वटा कोठामा हिलोसहित पानीको भल पसेकाले सबै कक्षाका विद्यार्थीलाई चौरमा राखेर पठनपाठन गरिएको होे।

कक्षा कोठाको पछाडिको भाग गत वर्ष पहिरो गएकाले पानी पर्नेबित्तिकै कक्षामा भल छिर्ने गर्छ। सो पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था छ। चौरमा पढाइ भइरहेका बेला पानी पर्दा विद्यार्थीलाई छुुट्टी दिनुुको अर्को विकल्प विद्यालयसँग नभएको बताउँदै उनले गतव र्ष गएको पहिरोका कारण क्षति व्यहोर्नुपरेको जानकारी दिए।

जेठमा परेको वर्षाले यति दुःख दिएको र बर्खा लाग्न बाँकी रहेकाले यस वर्ष धेरै समस्या भोग्नुुपर्ने अवस्था देखिएको विद्यालयले जनाएको छ।

सो विद्यालयमा गत वर्ष पहिरो जाँदा क्षती पुुगेको भवनको अवस्था पनि जीर्ण छ। बालविकासदेखि कक्षा दशसम्म उक्त विद्यालयमा ३३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।

कक्षामा भल पसेर विद्यार्थी चौरमा पढ्न बाध्य भएको जानकारी पाएपछि गाउँपालिकाको एक टोली अनुुगमनका लागि विद्यालयमा आइपुुगेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid