sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0८:१२
ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ।

‘विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा’ शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपालिकाले विराटनगर–११ स्थित सगरमाथा बोर्डिङको सिसि क्यामेरा जफत गरेको हो ।

महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा महानगरपालिको शिक्षा शाखा साथै नगर प्रहरी लगायतको टोलीले गैर कानुनी रूपमा राखिएको शौचालय भित्रको सिसी क्यामराहरु निकालेर महानगरपालिकाले जफत गरेको महानगरले जनाएको छ ।

महानगरले सो विद्यालयलाई कारबाही समेत गर्ने भएको छ । कानुन विपरीतका यस्ता गतिविधि गर्ने विद्यालयलाई कानुन अनुसार कारबाही गरिने उप–प्रमुख कार्कीले जानकारी दिइन् । ‘हामीलाई शौचालयमा सिसी क्यामरा राखेको भन्ने जानकारी आएपछि टोली परिचालित गरिएको थियो, उनले भनिन्, यस्ता कानुन विपरीतका कार्य गर्ने विद्यालयहरू कानुनी प्रक्रियामा आउँछन् ।’

सिसि क्यामेराको विषय जानकारीमा आएपछि विद्यालयलाई सचेत गराउँदा समेत बेवास्ता गरेको त्यहाँ पुगेको टोलीले जनाएको छ।

प्रयोजन नै नखुलाई सिसी क्यामरा शौचालयमा राखिनु गैर कानुनी काम भएकोले ३० हजारसम्म जरिवाना र अरू कानुनी कारबाही अघि बढ्ने महानगरपालिकाले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0८:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid