sweet bonanza
January 30, 2026 | शुक्रबार, माघ १८, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:00
उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक

घोराही । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ।

घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत हुनुहुन्छ। सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको बताउनुहुन्छ।

विमलाले भन्नुभयो, “पहिले पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन। घरको काम गर्नु पथ्र्यो। अहिले घरको कामको झमेलाबाट मुक्त भएको छु, त्यसैले बुढेसकालमा भए पनि पढ्न लेख्न सिक्दै छु।”

सामान्य रूपमा भए पनि लेख्न, पढ्नसँगै घरायसी हिसाब आफैँ गर्न सक्ने हुँदा खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “पहिले लेख्न, पढ्न आउँदैन थियो। छोराछोरीसँगै सानातिनामा भर पर्नुपर्ने बाध्यता थियो। आफैँ पढ्न, लेख्न जानेपछि सजिलो भएको छ।”

घोराही–१६, सर्रा निवासी ५२ वर्षीय देवीकुमारी खड्कालाई पढ्न लेख्न आउँदैन थियो। जसले गर्दा उहाँलाई घरमा हिसाब मिलान गर्नेदेखि बैङ्क जाँदा भौचर भर्न समस्या हुने गरेको थियो। जसले गर्दा ति कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्दै आउनुभएकी देवीकुमारीले ढिलै भए पनि ज्ञान हासिल गर्न लाज मान्नु हुँदैन भनेर विगत केही वर्षदेखि अध्ययन गर्दै आएनुभएको छ। अहिले ४ कक्षामा अध्ययन उहाँलाई सामन्य रूपमा पढ्न, लेख्नदेखि बैङ्कमा भौचर भर्न सक्ने भएको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “दुई भाइ छोरामध्ये एउटा छोरा जापानमा छ। छोराले आमालाई सम्झेर पैसा पठाउँछ तर बैङ्कबाट पैसा झिक्न सक्ने अवस्था थिएन तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न सक्ने भएको छु, बैङ्क भौचर भर्न सक्छु।”

सुरु सुरुमा बुढेसकालमा किन पढ्नु प-यो भन्ने श्रीमान् र छोरासमेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको बताउनुहुन्छ। कक्षा ४ मा अध्ययनरत देवीकुमारी भन्नुहुन्छ, “सुरुमा श्रीमान्सँगै छोराहरूले पढ्न जान्छुभन्दा पनि मर्ने बेला किन पढ्नु प-यो ? घरमै बसे हुँदैन भन्थे। दिनभरि घरमा बस्नुभन्दा पढ्छु भनेर म आफ्नै जिद्दीले आएको थिएँ तर अहिले राम्रै मान्नुभएको छ, घरपरिवारका सबै सदस्यले पढ्नु पर्छ भन्नुहुन्छ।” नियमित पढ्न आउने गर्नुभएकी उहाँले ढिलै भए पनि १० कक्षासम्म पढ्ने चाहना भएको बताउनुहुन्छ।

घोराही–१८ कै २४ वर्षीय अनिता चौधरी पनि कक्षा ३ मा पढ्दै हुनुहुन्छ। घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाउनुभएकी अनिता पछिल्लो समय साँझबिहान अरूको काम गरेर दिउँसो पढ्न आउने गर्नुभएको छ। नपढेको मान्छेसँग ज्ञान नहुने र जसले पनि हेप्ने गरेकाले आफूले पढ्न थालेको बताउनुहुन्छ। अनिताले भन्नुभयो, “घरको आर्थिक कमजोर भएका कारण बुवाआमाले पहिले पढाउन सक्नुभएन तर अहिले ठुलो भए पनि आफैँ कमाउँदै पढ्न थालेकी छु।”

जीवनमा शिक्षा भएन भने अघि बढ्न सकिँदैन भन्ने बुझ्नुभएकी अनितालाई पनि सकेसम्म उच्च शिक्षा अध्ययन गर्ने चाहना रहेको छ। देवीकुमारी, विमला र अनिता मात्रै होइन, १४ वर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अहिले ३० जना महिलाले अध्ययन गर्दै आउनुभएको छ। सामुदायिक विद्यालयमा अध्ययन गराइने कोर्ष अनुसार नै चेतना महिला अनौपचारिक विद्यालयमा पठनपाठन हुने गरेको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी बताउनहुन्छ।

कोरोनाको सङक्रमण  अघि विद्यालयमा प्रत्येक वर्ष ७० देखि १०० जनासम्म महिलाले अध्ययन गर्ने गरे पनि कोरोनाकालपछि भने  विद्यार्थी सङ्ख्या घटेको प्रधानाध्यापक पन्थी बताउनुहुन्छ। प्रधानाध्यापक पन्थीले भन्नुभयो, “१४ वर्षअघि सञ्चालन भएको विद्यालयमा कोरोना भाइरसको सङ्व्रmमणअघिसम्म राम्रै विद्यार्थी हुने गरेका थिए। हामीलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको थियो तर पछिल्लो समय केही कमी भएको छ।”

साक्षर जिल्ला घोषणा भए पनि अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अहिले पनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाउनुभएका महिलाहरू हुनुहुन्छ। उहाँहरूलाई नै ध्यान दिँदै यो विद्यालय खुलेको हो, पढाउने कामसमेत गर्दै आएका छौँ।” यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नातकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउनुहुन्छ। करिब १४ वर्षको अवधिमा दुई हजार पाँच सयभन्दा बढी महिलालाई विद्यालयबाट शिक्षा प्रदान गरिएको बताउनुभयो।

२०६८ सालमा छ जना महिला मिलेर सञ्चालन गरेको विद्यालयले महिलालाई पढाएबापत उहाँहरूबाट वार्षिक रूपमा चार सय रुपियाँ शुल्क लिने गरेका विद्यालयका प्रधानाध्यापक पन्थी बताउनुहुन्छ।  उहाँहरूलाई पठनपाठनका लागि चार जना महिला शिक्षिकहरू हुनुहुन्छ। उहाँले मासिक चार हजार रुपियाँ तलबको व्यवस्था विद्यालयले जनाएको छ। त्यसका लागि घोराही उपमहानगरपालिकाले वार्षिक रूपमा पाँच लाख रुपियाँ दिने गरेको र सोही पैसाले विद्यालयमा पठनपाठनका लागि आवश्यक सामग्री जुटाउनेदेखि पढाउने शिक्षिकालाई थोरै भए पनि तलबको व्यवस्था गरेको बताउनुहुन्छ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid