sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘लू’ बाट सतर्क हुनुपर्ने, जोखिममा रहेका जिल्लाहरु

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२0
‘लू’  बाट सतर्क हुनुपर्ने, जोखिममा रहेका जिल्लाहरु

काठमाडौं ।।

  • केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने
  • देशका विभिन्न जिल्ला ‘लू’को जोखिममा
  • तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
  • आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना
  • काठमाडौं उपत्यकाका तीनै जिल्ला ‘लू’को जोखिममा
  • तराईका पाँच जिल्ला -झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुर जोखिममा
  • तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँके पनि जोखिममै 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने भन्दै सतर्कताका लागि आग्रह गरेको छ । देशका विभिन्न जिल्लामा ‘लू’को जोखिममा रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम बढिरहेको छ । अधिकांश तराईका जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको महाशाखाले जनाएको छ। 
हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन तथा विश्लेषण गर्दा अझै केही दिन वर्षाको सम्भावना नदेखिएका कारण तापक्रम बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बढ्ने क्रममा गर्मी, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना महाशाखाले ‘लू’को जोखिममा रहेका जिल्लाहरूलाई तत्काल ‘एक्सन’ लिनुपर्ने, तयारी अवस्थामा रहनुपर्ने, तापक्रमबारे अपडेट भइरहनुपर्ने र जोखिम नरहेका गरी चार वर्गमा विभाजित गरेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लालाई ‘लू’को जोखिममा रहेका र तापक्रमबारे अपडेट भइरहनुपर्ने वर्गमा राखिएको छ । तराईका पाँच जिल्ला -झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुरलाई पनि यही वर्गमा राखिएको छ । यस्तै, तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेलाई तुरुन्तै एक्सन लिनुपर्ने जोखिममा रहेका जिल्लामा राखिएको छ ।

पहाडी जिल्लाहरू, उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानबारे अपडेट रहिरहन महाशाखाले आग्रह गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid