sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२५
काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

काठमाडौँ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारीमाथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो ।

यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर फाल्दै गर्दा बा ३ ख २८० नम्बरको गाडी नियन्त्रणमा लिएपछि दैनिक २० वटा ट्याङ्करहरू फोहोर फाल्नका लागि आउने गरेको खुलासा भएको ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए ।

‘फोहोर फाल्दै गर्दा गन्हाएपछि हामी घटनास्थलमा पुग्यौँ । हामी पुग्नासाथ चालक गोपी श्रेष्ठ त्यहाँबाट भागे । गाडी नियन्त्रणमा लिएका छौँ । यसबारे अनुसन्धान गर्दा दैनिक २० वटा यस्तै ट्रकहरू आउने गरेको थाहा पायौँ । फोहोर खन्याउनका लागि एउटा ट्याङ्करलाई ५ सय रुपैयाँ दिने गरिएको रहेछ,’ हाछेथुले भने । महानगर प्रहरीले ट्याङ्करका धनी  काजीमान कुसवाल र ठेकेदार दुर्गे तामाङलाई नियन्त्रण लिएको छ ।

च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको थियो । त्यहाँ जहिले पनि ताला लगाइने गरिन्थ्यो भने गाडी आउँदा मात्र त्यसलाई खोलिन्थ्यो । हाछेथुका अनुसार पानी बोक्ने ट्याङ्करहरू जस्तै देखिने गाडीहरू सेफ्टी ट्याङ्कीबाट ढल र दिसा लिएर त्यहाँ फाल्ने गर्थे । ठुला जस्ताले घेरिएका कारण त्यहाँ फोहोर फालेको कसैले पत्ता नै पाउन सकेका थिएनन् । जसले गर्दा पुरै क्षेत्रमा दुर्गन्ध फैलिएको थियो ।

lalitpur-phohor (3)

२०६८ को फोहोर व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था रहेको हाछेथुको भनाई छ । अहिलेसम्म महानगरले फोहोर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराउँदै आएको थियो । ट्याङ्करका धनी र ठेकेदारलाई अधिकतम जरिवाना गर्ने तयारी गरिएको उनले जानकारी दिए । फोहोर फाल्ने स्थानसमेत बन्द गराइएको छ ।

lalitpur-phohor (4)

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid