March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२५
काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !

काठमाडौँ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारीमाथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो ।

यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर फाल्दै गर्दा बा ३ ख २८० नम्बरको गाडी नियन्त्रणमा लिएपछि दैनिक २० वटा ट्याङ्करहरू फोहोर फाल्नका लागि आउने गरेको खुलासा भएको ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए ।

‘फोहोर फाल्दै गर्दा गन्हाएपछि हामी घटनास्थलमा पुग्यौँ । हामी पुग्नासाथ चालक गोपी श्रेष्ठ त्यहाँबाट भागे । गाडी नियन्त्रणमा लिएका छौँ । यसबारे अनुसन्धान गर्दा दैनिक २० वटा यस्तै ट्रकहरू आउने गरेको थाहा पायौँ । फोहोर खन्याउनका लागि एउटा ट्याङ्करलाई ५ सय रुपैयाँ दिने गरिएको रहेछ,’ हाछेथुले भने । महानगर प्रहरीले ट्याङ्करका धनी  काजीमान कुसवाल र ठेकेदार दुर्गे तामाङलाई नियन्त्रण लिएको छ ।

च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको थियो । त्यहाँ जहिले पनि ताला लगाइने गरिन्थ्यो भने गाडी आउँदा मात्र त्यसलाई खोलिन्थ्यो । हाछेथुका अनुसार पानी बोक्ने ट्याङ्करहरू जस्तै देखिने गाडीहरू सेफ्टी ट्याङ्कीबाट ढल र दिसा लिएर त्यहाँ फाल्ने गर्थे । ठुला जस्ताले घेरिएका कारण त्यहाँ फोहोर फालेको कसैले पत्ता नै पाउन सकेका थिएनन् । जसले गर्दा पुरै क्षेत्रमा दुर्गन्ध फैलिएको थियो ।

lalitpur-phohor (3)

२०६८ को फोहोर व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था रहेको हाछेथुको भनाई छ । अहिलेसम्म महानगरले फोहोर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराउँदै आएको थियो । ट्याङ्करका धनी र ठेकेदारलाई अधिकतम जरिवाना गर्ने तयारी गरिएको उनले जानकारी दिए । फोहोर फाल्ने स्थानसमेत बन्द गराइएको छ ।

lalitpur-phohor (4)

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट