sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गर्मी बढेपछी चिसो पानीमा रमाउदै

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:३४
गर्मी बढेपछी चिसो पानीमा रमाउदै

काठमाडौं ।।

तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू-भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ।

त्यसैले अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । गर्मी बढेपछि तराईका कतिपय जिल्लामा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । दिउँसोको समयमा सकेसम्म बाहिर ननिस्किन आग्रह गरेका छन् ।

यसैबीच, आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा भइरहेको छ ।

 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid