sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीपीमा इन्टर्न डाक्टरको भत्ता १८ हजार मात्र, बढाउनु पर्ने माग राखेर आन्दोलन

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:१३
वीपीमा इन्टर्न डाक्टरको भत्ता १८ हजार मात्र, बढाउनु पर्ने माग राखेर आन्दोलन

विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।

भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् ।

महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

‘महंगी बढेको छ, १८ हजार ३ सय रुपैयाँले गुजारा गर्न गाह्रो हुन्छ,’ डाक्टर राईले भने, ‘मेडिकल अधिकृतको तलबको आधा बराबर २४ हजार भत्ता बनाउन माग गरेका छौं ।’

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाइ नभएको बताएका छन् । प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरुको गुनासो छ ।

‘दिनानुदिन महंगी चुलिरहदा अहिले हामीले प्राप्त गर्ने पैसाले (१८ हजार ३०० भत्ता) जीवन निर्वाह गर्न सम्भव छ त ?’ चिकित्सकहरुले प्रश्न गरेका छन्, ‘… संस्था घाटामा छ, हामीसँग पैसा छैन भन्ने जस्ता बहानामा हाम्रो मागको अवहेलना गरिनु कदामी सह्य हुँदैन ।’

प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ ।

तीन वर्षअघि पनि इन्टर्न चिकित्सकले आन्दोलन गरेका थिए । २०७७ मंसिर १५ गते प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको छैन ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid