चौध वर्षीय सलिम मोहम्मद हरेक दिन बिहान पानी लिन घरबाट निस्कन्छन् र दक्षिणपश्चिम यमनको आफ्नो सहर हुँदै नजिकैको सार्वजनिक डिस्पेन्सरको लाइनमा सामेल हुनुपर्छ।
मोहम्मद र उनका तीन जना भाइबहिनीहरू कम्तीमा पनि एक माइल (१.६ किलोमिटर) हिँड्छन् र कहिलेकाहीँ आफ्नो पानीको भाँडो भर्ने र समयमै विद्यालयको लागि फर्कने आशामा घन्टौंसम्म पानीको लागि पर्खन्छन्।
‘मैले हरेक दिन बोक्ने भारीले मेरो पाखुरा र ढाड दुख्ने गर्छ,‘ परिवारको अस्थायी अपार्टमेन्टमा रहेको एक किराना पसलबाट मोहम्मदले एएफपीलाई बताए। उनले भने, ‘हामी बिहान सबेरै उठ्छौं (कहिलेकाहीं राति पनि) र बुबासँग पानी लिन जान्छौं।’
सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा बढी पानीको अभाव भएको मुलुकको सूचीमा रहेको यमनमा किशोरको अवस्था सामान्य छ। युद्ध र जलवायु परिवर्तनको विकराल मिश्रणले देशको पानीको समस्यालाई अझ बढाएको छ।
युद्धका कारण महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रम र फरक–फरक वर्षाका कारण आपूर्तिमा थप असर परेको विज्ञ तथा सहायता समूहले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जल पुनःपूर्ति भइरहेको भन्दा दोब्बर दरमा ह्रास भइरहेको छ। हालको दरमा अरब प्रायद्वीपको सबैभन्दा गरिब देश २० वर्षभित्रमा भूमिगत पानीको पूर्ण रूपमा समाप्त हुन सक्ने एफएओले जनाएको छ।
‘हामी हरेक बिहान उठ्छौं र पानीको पछि दौड्छौं,’ मोहम्मदकी ३५ वर्षीया आमा उम मुजाहिदले भनिन्। उनले भनिन्, ‘कहिलेकाहीं हामीले पानी पाउँछौ भने कहिले रित्तै फर्किनुपर्ने पनि हुनसक्छ। यो एक प्रतियोगिताजस्तो हो। जो पहिले पुग्छ