May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री कार्यालयमा सचिवहरु निरास

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १३:५८
प्रधानमन्त्री कार्यालयमा सचिवहरु निरास
  • कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने
  • प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरुले कारबाहीमा परेको जस्तो महसुस किन हुन्छ ?

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरुले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेको बताएका थिए र यसमा कहिले सुधार हुने भनी प्रधानमन्त्रीलाई सोधेका थिए ।

‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरु सरुवा हुन्छन्, उनीहरु झोक्राएर बस्छन् । किनकी प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ’ सांसद सिंहले सोधे, ‘सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफ्नो ध्यान गएको बताए । ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरु उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रुपमा मेरो ध्यान गएको छ’, उनले भने, ‘कसरी सुदृढिकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट