WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7d0959-40bf2.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं।।
राष्ट्रिय परिचयपत्र (एनआईडी) लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने भएको छ । प्राविधिक समस्याका कारण यस्तो गर्नु परेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको लागि सुरुमा फाराम भर्दा नै सम्बन्धित निकायले बायोमेट्रिक्स लिने गर्छ । तर केही व्यक्तिको बायोमेट्रिक्समा समस्या देखिएकोले एनआईडी लिनजाँदा पुनः लिनु परेको गृहले जनाएको छ ।

“केही व्यक्तिको सुरुमा लिइएको बायोमेट्रिक्स प्राविधिक समस्याका कारण ‘विथहेल्ड’ मा बसेको हुन्छ । यस्ता व्यक्तिहरुले एनआईडी लिनजाँदा पुनः बायोमेट्रिक्स दिनुपर्छ । एनआईडी लिनजाँदा सबैले पुनः बायोमेट्रिक्स दिनुपर्छ भन्ने होइन,“ गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कुटवालले बताए । खासगरी ललितपुर जिल्लामा यस्तो समस्या देखिएको छ ।

