काठमाडौं ।।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच संसद् चलाउने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठकले संसद् चलाउने सहमति गरेको हो ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने पनि तय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।