April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

मिटरब्याजसम्बन्धी विधेयक फेरि राष्ट्रियसभामा पठाइँदै

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:१९
मिटरब्याजसम्बन्धी विधेयक फेरि राष्ट्रियसभामा पठाइँदै
  •  मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामा पठाइने 
  • संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभाको भएको 
  • राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशितपछि 
  • मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुल्ने

काठमाडौं ।।

प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतिले पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई फेरि राष्ट्रियसभामा पठाइने भएको छ । उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा आएको थियो ।

प्रतिनिधिसभाबाट त्यो विधेयक संशोधनसहित पारित गरिएको हो । प्रतिनिधिसभाबाट पारित विधेयकका संशोधन राष्ट्रियसभाले पनि विचार गर्नुपर्ने भएकाले त्यहाँ पठाउन लागिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

“मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामै उत्पत्ति भएको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेकाले उक्त संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभालाई रहने हुँदा सन्देशसहित राष्ट्रियसभामा पठाउन लागिएको हो,” उनले भने ।

उनका अनुसार प्रतिनिधिसभाले गरेको संशोधन स्वीकार गरेमा राष्ट्रियसभा अध्यक्षले नै प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइनेछ ।

यही विधेयकमा मिटरब्याजसम्बन्धी विषय पनि समेटिएको छ । मिटरब्याजलाई अवैध ठहर गर्ने र मिटरब्याजीलाई कानुनी दायरामा ल्याउनेसहितका ८० कानुन संशोधन गर्ने विधेयक पुनः राष्ट्रियसभाबाट पारित भएपछि मात्र प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।

राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशित भएपछि मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुला हुनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट