sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिटरब्याजसम्बन्धी विधेयक फेरि राष्ट्रियसभामा पठाइँदै

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:१९
मिटरब्याजसम्बन्धी विधेयक फेरि राष्ट्रियसभामा पठाइँदै
  •  मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामा पठाइने 
  • संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभाको भएको 
  • राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशितपछि 
  • मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुल्ने

काठमाडौं ।।

प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतिले पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई फेरि राष्ट्रियसभामा पठाइने भएको छ । उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा आएको थियो ।

प्रतिनिधिसभाबाट त्यो विधेयक संशोधनसहित पारित गरिएको हो । प्रतिनिधिसभाबाट पारित विधेयकका संशोधन राष्ट्रियसभाले पनि विचार गर्नुपर्ने भएकाले त्यहाँ पठाउन लागिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

“मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामै उत्पत्ति भएको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेकाले उक्त संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभालाई रहने हुँदा सन्देशसहित राष्ट्रियसभामा पठाउन लागिएको हो,” उनले भने ।

उनका अनुसार प्रतिनिधिसभाले गरेको संशोधन स्वीकार गरेमा राष्ट्रियसभा अध्यक्षले नै प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइनेछ ।

यही विधेयकमा मिटरब्याजसम्बन्धी विषय पनि समेटिएको छ । मिटरब्याजलाई अवैध ठहर गर्ने र मिटरब्याजीलाई कानुनी दायरामा ल्याउनेसहितका ८० कानुन संशोधन गर्ने विधेयक पुनः राष्ट्रियसभाबाट पारित भएपछि मात्र प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।

राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशित भएपछि मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुला हुनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid