sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वका उच्च राजनीतिज्ञमध्ये अवार्ड पाउनेमा परिन् सोविता गौतम

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १0:३६
विश्वका उच्च राजनीतिज्ञमध्ये अवार्ड पाउनेमा परिन् सोविता गौतम
  • सोविता गौतमले पाइन ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड’
  • ५ जनाको सर्टलिस्टमा सोविता गौतम परिन्
  • सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्र

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ ।

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

संस्थाले नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ ।

सम्मेलनलाई आयरल्याण्डकी पूर्वराष्ट्रपति मेरी रबिन्सन, नोबेल पुरस्कार बिजेता प्रो. मुहम्मद युनुस, कोस्टारिकाकी पूर्वराष्ट्रपति लउरा चिन्चिल्ला लगायतले सम्बोधन गर्ने आयोजकले उल्लेख गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid