भक्तपुर । रन्जना काफ्ले ।।
रास्वपा फरक धार र गहिरो सोचाइ राख्ने पार्टी भएकोले अरुको कुरा सुनेर हिड्दैन, आफ्नो हिसाबले चल्छ, अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ ।
‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारज्यूले भन्नुभयो । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको देखिएन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजिनामा माग्ने तयारी गर्दैछ ।
सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा एमाले रहेको छ ।
तर रास्वपा भने अनुसन्धानमा रहेको विषय भएकोले सत्य, तथ्य नबुझी अगाडी नबढ्ने संसदमा पनि मौन नीति लिने तयारीमा रहेको छ । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्,तर एमालेको पछि रास्वपा लाग्दैन्,’ प्रमुख सचेतक परियारले भन्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदीय दलको बैठक बस्ने तयारी गर्दैछ । मंगलबार पनि बसेको थियो जुन बेला पनि रास्वपाको संसदीय दलको बैठक बस्न सक्छ। संसद जस्तो ठाउमा गम्भीर बिषयलाई गम्भीर रुपमा लिंदै, विशेष भूमिका खेल्दै संसदीय दलको बैठकमा छलफल गर्छौँ । संसदमा जे जस्ता बिषय उठान भए पनि त्यसलाई रास्वपाले समर्थन गर्दै जानु हुदैन भन्ने धारणा रहेको रास्वपाका नेताहरुको भनाइ छ ।