April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

नागरिकताका समस्या नियमावलीमार्फत हल गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १३:२९
नागरिकताका समस्या नियमावलीमार्फत हल गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
  • गृहमन्त्री श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या बैठकमा पेस हुने
  • नागरिकता पाउन सक्नेहरुलाई नागरिकता दिने अवसर खुला
  • नियमावलीको सम्पूर्ण ड्राफ्ट पूरा

काठमाडौं ।।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए ।

उनले भने, ‘नेपाली वास्तविक नागरिकहरुले नागरिकता पाउन सक्नेहरुलाई नागरिकता दिने अवसर खुला भएको छ । अब धेरै समस्या त्यति बाँकी छैनन् । यसलाई हामीले नियमावलीमार्फत हल गर्दैछौँ । नियमावलीको सम्पूर्ण ड्राफ्ट पूरा भइसकेको छ, हामी यही वा अर्को हप्ता क्याबिनेट लैजाँदैछौँ । त्यसमा कानून मन्त्रालयको अन्तिम राय बाँकी छ ।’

उनले नागरिकता पाउने नेपालीहरुले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताए । ‘नेपालमा दुई वटा कोणबाट नागरिकताको विवाद हुँदै आयो, एउटा त जेनियुन, जसले नागरिकता पाउनुपर्ने हो, तिनले पनि दुःख पाउने, उनीहरुले नागरिकता नपाउने, नागरिकता नपाउँदा जीवन नै बर्बाद हुनेकुरा हल गर्नका लागि नागरिकता ऐन आएको छ ।’ उनले भने ।

उनले नेपाली महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानूनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताए ।

उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा अहिले संविधान र कानूनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । यसलाई सरलीकृत गरिएको छ । पहिला अंगीकृतको लागि पनि निस्सा चाहिन्थ्यो, अहिले स्वघोषणा भए पुग्छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गरे ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट