June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गर्भपतन गर्ने औषधी खाँदा महिलाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १७:0२
गर्भपतन गर्ने औषधी खाँदा महिलाको मृत्यु
  • गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु
  • जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ
  • मेडिकल सञ्चालक २५ वर्षीय विनोदमणि जोशी पक्राउ

 धनगढी ।।

गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ भएको छ । धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभावी गर्भपतन गर्ने औषधी खुवाउँदा धनगढी पमहानगरपालिका-१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा प्रर्दशन गर्दै घेराउ गरेको हो ।


उनीहरुले क्लिनिक सञ्चालकलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बिहीबार बिहान गर्भपतन गर्न गएकी थापालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव भएर सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममै मृत्यु भएको थियो । प्रहरीले मेडिकल सञ्चालक २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट