sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बरामद सुन छुट्टयाउने, गाल्ने र जोख्ने काम सुरु

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १५:२४
बरामद सुन छुट्टयाउने, गाल्ने र जोख्ने काम सुरु
  • बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालियो 
  • सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र नेपाल राष्ट्र बैंकलाई  प्राप्त
  • टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुनेछ । राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सुन छुट्याइ सकेपछि एकैदिनमा जोखेर सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने उनले बताए । सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुने छ ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid