sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महाकाली नदीमा हाम फालेर १ जना बेपत्ता

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:३३
महाकाली नदीमा हाम फालेर १ जना बेपत्ता
  • नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता
  • नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट खसेको 

धनगढी ।।

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले महाकाली नगरपालिका-१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको जानकारी दिए ।

उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ ।

सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

एसएसबीले फर्काएपछि भुुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औचापरिक रुपमा जानकारी प्राप्त नभएको बताए ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid