sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:४९
अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं– जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव हुँदा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।न्यायाधीश अभावका कारण लामिछानेविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए।

सन्दीपविरुद्धको मुद्दामाथि आज अदालतमा रहेका न्यायाधीश कुनैकोमा पनि पेसी नपरेपछि सुनुवाइ स्थगित भएको उनको भनाइ छ। जिल्ला अदालत काठमाडौंमा सरुवा, बढुवा र तीज बिदाका कारण आज १२ जना न्यायाधीश अनुपस्थित रहेको बताइन्छ।

२८ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित हुँदा ४० वटा मुद्दा स्थगित भएका छन्। यसअघि २१ भदौको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो।

त्यस दिन न्यायाधीश कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले भने बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै त्यो कागजात मगाउन माग गरेका थिए।

अधिवक्ता घिमिरेको आग्रहपछि न्यायाधीश कार्कीको इजलासले बसाइँ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो। त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्ष २१ भदौमा एक नाबालिग किशोरी जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि २० असोजमा नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। १८ पुसमा उच्चले उनलाई २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid