sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:५७
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

भक्तपुर – आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमवार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदैछन् । भगवान् गणेशको जन्मदिन भएको मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्रीहरू भित्र्याउने गर्छन् ।

गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिन्छन् । यस दिनलाई दशैँको प्रारम्भ पर्वको रूपमा लिइन्छ । यस दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ राम्रो हुने धार्मिक विश्वास भएको पाइन्छ । आजकै दिन भक्तपुरका किसानहरूले अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ ।

यस दिन राति नेवार समुदायमा कौसी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत् पूजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रो, सुन्तला, भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका गेडागुडी चढाइन्छ । साथै पूजामा घिउमा भुटेको आरुको बिँया, दुबाे, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् । चथाः गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरू बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै जना बसेर चथाः गणेशलाई चढाएको पञ्चपकवान, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादको रूपमा खाने गरिन्छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहितको भोज खाइन्छ ।

यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाङ्क्षा पूरा हुनुका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । नेवार समुदायमा चथाःको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।

आज राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रूपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा. डा.  पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन् । गणेशको त्यही श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो ।

त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडेको र यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भएको भनाइ छ । साथै चन्द्रमा बाहिर आउन, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेको र त्यसपछि चन्द्रमा महादेवको शरणमा गई महादेवको सहयोगले गणेशलाई दुबाे, लड्डु र मुला चढाई क्षमायाचना गरेको कथा छ ।

चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरू दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिएका थिए । साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे त्याे दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid