sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४२
धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्मका लागि उपमहानगर पालिकाले उपलब्ध गराएको प्रतिष्ठान चाडै उपयुक्त जग्गा खोजेर नयाँ भवन बनाएर सर्ने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दिप श्रेष्ठ ट्रष्ट समेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।
बजेट निर्माण गर्ने बेलामा केन्द्र देखि स्थानीय स्तरसम्मको सरकारबाट अपहेलित कला, साहित्य र संगीत क्षेत्र रहेको बताउंदै मेयर हर्क साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । प्रतिष्ठानको लागि खुल्ला स्थान रहेको भवनको आवश्यकता रहेको उनले बताए। त्यस्तै प्रतिष्ठानको संस्थापक तथा सल्लाहकार अजय राईले गीत, संगीतमा लाग्न चाहनेहरु र यस क्षेत्रमा लागेका श्रस्टाहरुको लागि आफुहरुले जन्माएको प्रतिष्ठान जन्माएको प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन आवश्यक आर्थिक सहयोग उठाउन तयार रहेको बताए । त्यस्तै चाँडै नै क्यानाडा जान लागेका चर्चित गायक एपी शेर्पाको विदाई पनि गरिएको थियो
उनलाई मेयर साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान संगै नेपाली ढाकाटोपी लगाईदिएका थिए भने गीतकार मीना सिंगकले सिलाम साक्ला प्रदान गरेकी थिइन् ।त्यस्तै सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए। पारिवारिक पिआरमा क्यानाडा
जान लागेका गायक एपी शेर्पा केही बर्षको लागि क्यानाडा जान लागेको र भबिस्यमा नेपाल नै फर्कने बताउंदै यदि प्रतिष्ठानको भवन निर्माण हुने भएमा आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने र अन्य सहयोग उठाउन पनि सहयोग गर्ने बताए । उनले “गरौ संकल्प “बोलको आफ्नो रास्ट्रिय गीत समेत गाएर सुनाएका थिए।
असारमा विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब समेत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो उक्त सम्मान तथा सांगीतिक कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको र ५ लाख ३५ हजार ८ सय ३० रुपैया खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ । विभिन्न दाताहरु तथा संस्थाहरुबाट केहि रकम उठ्न बाँकी रहेको र नयाँ कार्यलय भवन व्यवस्थापनको लागि बिजुली, रंगरोगन, फर्निचर लगायतमा १ लाख ८ हजार ५५ खर्च भएको जनाईएको छ। कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार तथा एसपी भिम दाहाल र डा.खालिद हुसैन हक पनि अतिथिको रुपमा रहेका थिए भने धरानका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो। photo prakash moktan

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid