टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु
काठमाडौं, असोज ५ गते । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
सटौलाले भन्नुभयो, “बाटो तथा यातायात सम्बन्धका समस्या छन् । चाडपर्वमा नागरिक घर जान पाउँछन्, टीका लान पाउँछन् । टिकट खुलाउने विषयमा प्रारम्भिक छलफल भर्खर सुरु भएको छ ।”
उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको भनाइ राख्नुभयो ।
उहाँले टिकट खुलाउनेसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने, सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।