काठमाडौँ ।।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी छन्। चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन्। चोटका कारण खेलको ३५औं मिनेटमा आफैँ खुट्टा ट्विस्ट हुँदा मैदान छाडेकी थिइन्। सरुको बाँया खुट्टाको एसिएल र मिनिस्कस गएको छ। चोटसँगै उनी करिब ९ महिना मैदान बाहिर रहनेछिन्।
उनको आज नै शल्यक्रिया गरिँदै छ। करिब एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कनेछिन्।सरु घाइते भएको खेलमा नेपाल भियतामसँग २-० ले हारेको छ। नेपालले सोमबार जापानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्नेछ।