sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५७
सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग

 

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न सङ्गठनले माग गरेको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनको हालै सम्पन्न बैठकका निर्यणहरु मंगलबार सार्वजनिक गर्दै सो माग अघि सारेको जनाएको छ । सङ्गठनका कोषाध्यक्ष गणेशप्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखापरीक्षण आयोगका अध्यक्ष सिताराम घिमिरेबाट प्रस्तुत लेखापरीक्षण प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

बैठकमा सङ्गठनका १५ वटा केन्द्रीय विभाग, आठ प्रदेश कार्य समिति र ११७ वटा जिल्ला विभागीय कार्य समितिको तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको छ । केन्द्रीय कार्य समितिको वार्षिक कार्ययोजना र समसामयिक विषयमा भक्तपुर घोषणापत्रसमेत जारी गरिएको छ ।

राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझावसहित स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गरी सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न सङ्गठनले माग गरेको छ । सङ्गठनले अस्थायी, ज्यालादारी, करार सेवामा कार्यरत र अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरूलाई सेवा सुरक्षाको कुनै सुनिश्चितता नगरी अपमानजनक तवरले सेवाबाट हटाउने र पुनः करार सेवामा कामकाजमा लगाउने कार्यको विरोध गरेको छ ।

साबिकको स्थानीय निकाय, दुर्गम क्षेत्र विकास समिति, घरेलु विकास समिति, जिल्ला विकास समिति लगायतका निकायबाट समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको उपदानको सुनिश्चितताका लागि प्रदेशस्तरमा उक्त कोषको व्यवस्थापन गरेर मात्र कर्मचारीहरूको सरुवा गर्ने व्यवस्था गर्नसमेत सङ्गठनले माग गरेको छ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय भेला आगामी मङ्सिर १५ र १६ गते सम्पन्न हुने महासचिव जीवन काफ्लेले जानकारी दिए।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid