sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एयरपोर्ट बनाउने जग्गाको बिषयमा यति इन्कर्पोरेटलाई धरानका मेयर साम्पाङको पत्र

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३९
एयरपोर्ट बनाउने जग्गाको बिषयमा यति इन्कर्पोरेटलाई धरानका मेयर साम्पाङको पत्र
  • सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गा
  • किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र
  • हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ

 काठमाडौं ।।

सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र लेखेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरु हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।

‘हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत व्यहोराको सरोकारवालाहरुको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण व्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, मेयर राईले लेखेको पत्रमा भनिएको छ ।

यति इन्कर्पोरेटले हवाई मैदान बनाउने भनेर १४ रोपनी जग्गा लिएको भए पनि अहिले धमाधम प्लटिङ गरेर बेच्न थालेपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन् । आफूहरुले पहिला सस्तोमा बेचेको जग्गा अहिले प्लटिङ गरेर महँगोमा बिक्री हुन थालेपछि स्थानीयबासिन्दाले जग्गा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid