sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तीन कम्पनीको सेयर सूचीकृत, बिहीबारबाट कारोबार

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:४३
तीन कम्पनीको सेयर सूचीकृत, बिहीबारबाट कारोबार

काठमाडौं : मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। मिड सोलु र भगवतीको आईपीओ तथा सुनकोसी हाइड्रोलाई प्राप्ति गरेपछि नेसनलको सेयर नेप्सेमा सूचीकृत भएको हो।

मिड सोलुको ७४ लाख ८४ हजार कित्ता र भगवतीको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएका हुन्। बुधबार सूचीकृत भएसँगै यी कम्पनीको सेयर कारोबार बिहीबारदेखि हुने भएको छ।

नेप्सेले पहिलो कारोबारको लागि मिड सोलुलाई एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ भने भगवतीले १ सय २० रुपैयाँ ४१ पैसादेखि ३ सय ६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ रेन्ज पाएको छ।

मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा, कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता संस्थापक नेप्सेमा सूचीकृत भएको हो।

यसैगरी भगवतीको १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण र ४२ लाख ९० हजार ४ सय ८५ कित्ता संस्थापक सेयर बिहीबारबाट कारोबार गर्न मिल्ने भएको छ। नेसनलले सुनकोसी हाइड्रोलाई १००ः२५ को स्वाप रेसियोमा प्राप्ति गरेको थियो। सुनकोसीको १ लाख कित्ता सेयरबराबर नेसनलको २५ हजार कित्ता सेयर बिहीबारदेखि नेप्सेमा किनबेच हुनेछ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid