sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफ्नो कलेजो नै बुहारीले सासुलाई दिईन्

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १२:४५
आफ्नो कलेजो नै बुहारीले सासुलाई दिईन्
  • देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात
  • सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै
  • चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा प्रत्यारोपण हुने

काठमाडौं ।।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ । केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए ।

यही असोज २६ गते शुक्रबारका दिन भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए । काठमाडौं जिल्लाका ६२ वर्षीया सासुलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ । कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ । केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि  सबैमा अनुरोध गर्दै  प्रतीक्षाको सूचीमा नाम लेखाउनसमेत अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid