April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने? 

ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:0६
ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

काठमाडौं- ईसेवाको नक्कली कर्मचारी बनेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटका विभिन्‍न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो।

उनीहरूले १८ जनालाई फोन गरेर ईसेवाको कर्मचारी भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अपरेसन थालेको थियो। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, १९ वर्षीय दीपेन्द्र कुमार यादव, २० वर्षीय अभय कुमार यादव र २१ वर्षीय रितेश कुशवाहा रहेका छन्।

उनीहरूले मानिसहरुलाई मोबाइलबाट फोन गरी सुरुमा ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्‍ने र पछि तपाईंको आईडी बैंक खातासँग लिंक तथा खाता नवीकरण, ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराइदिन्छु भन्दै पीडितहरूलाई विश्‍वास दिलाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसपछि पीडितकै मोबाइल नम्बरमा ओटीपी (वान टाइम पासवर्ड) पठाई कोड मागेर ठगी गर्ने गरेको देखिएको प्रहरीले बताएको छ।

ओटीपी कोड आएपछि वालेट तथा बैंक खाता लिंक गराएर रकम झिक्ने गरेको पाइएको छ। यो समूहले अहिलेसम्म १८ जनाको खाताबाट १५ लाख २० हजार ९ सय रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट