sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:३३
मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
  • १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेच
  • अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्यो 

काठमाडौं ।।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी  र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७१/७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ,  पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ  बिगो माग दाबी गरिएको छ । त्यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो माग दाबी गरेको छ भने तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid