sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२२
स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्।

यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् जसको मृत्यु स्तन क्यान्सरका कारण भएको थियो। जो महिलालाई स्तन क्यान्सरको खतराका कारण बारम्बार म्यामोग्राम गर्ने सल्लाह दिइन्छ, उनीहरुका लागि यो उपकरण सहयोगी हुन सक्छ। ब्रामा जडान गरिने यो डिभाइसले ब्रेस्ट क्यान्सरको मनिटरिङ गरिरहन्छ।

क्यान्सरको कुरा गर्दा सबैभन्दा धेरै बिरामी स्तन क्यान्सरका हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा विश्वभर २३ लाख महिलाको स्तन क्यान्सर पहिचान भएको थियो र ६ लाख ८५ लाखको यही रोगका कारण ज्यान गएको थियो। महिलाको मृत्युको कारकमा स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सुरुमै स्तन क्यान्सर पत्ता लागेको खण्डमा र यो एकै ठाउँमा केन्द्रित भएको छ भने पाँच वर्ष जिवित रहने सम्भावना ९९ प्रतिशत हुन्छ।

डाक्टर दादेविरेनका अनुसार उनले आविष्कार गरेको उपकरणले जिवित रहने दर बढाउन मद्दत मिल्न सक्छ किनकी जो महिलाको क्यान्सर ढिलो गरी पत्ता लागेको छ, उनको जिवित रहने सम्भावना २२ प्रतिशतमात्र हुन्छ।

यो डिभाइस यस्ता महिलालाई लगाइन्छ जसलाई स्तन क्यान्सरको खतरा बढी छ। यसले उनलाई म्यामोग्राम या सेल्फ एक्जामिनेसन (आफैं जाँच गर्ने) को बीचको समयमा बन्न सक्ने गाँठा पत्ता लगाउन सहयोग पुग्छ। यो उपकरणले केही गडबडी पत्ता लगाएको खण्डमा म्यामोग्राफी गर्न सकिन्छ।

एमआईटी टिमलाई यो डिभाइस बनाउन साढे ट वर्ष लागेको थियो। यही वर्षको अगष्टमा यो उपकरणले अमेरिकामा प्याटेन्ट पाएको छ र यसको परीक्षण भइरहेको छ। यो डिभाइसको मूल्य एक हजार डलर तोकिएको छ। ठूलो परिमाणमा उत्पादन भएपछि यसको मूल्य घट्नेछ तर यसका लागि करिब पाँच वर्ष पर्खिनु पर्नेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार विकासशील देशमा स्तन क्यान्सरबाट हुने मृत्युको कारण यो ढिलो पत्ता लाग्नु र समयमै राम्रो उपचार नपाउनु हो। यस्तोमा यो उपकरणले चाँडो लक्षण पत्ता लागेर उपचारमा जाने र बढी समय बाँच्ने सम्भावना बढी हुन्छ।
– बीबीसी हिन्दीबाट

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid