sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0४
गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ।

गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले करिब ६०० व्यक्ति अस्पतालमा रहेको र अरूले हलवेमा आश्रय लिएको बताए।

उनले भने, ‘अस्पताल वरिपरि शव राखिएको छ, जसलाई हेरचाह गर्न सकिँदैन, गाड्न वा कुनै किसिमको शवगृहमा लैजान पनि पाइँदैन। अस्पतालले चाहिएको भन्दा बढी काम गरिरहेको छैन। यो लगभग एक चिहान हो।’

अस्पतालमा शव थुप्रिएको र कुहिएको पनि चिकित्सकहरुले बताएका छन् ।

डाक्टर मोहम्मद अबु सेल्मियाले पनि बीबीसीलाई भने कि इजरायली अधिकारीहरूले अझै पनि कुहिएको शवलाई अस्पतालबाट गाड्न अनुमति नदिएकोले अहिले कुकुरहरू अस्पतालको मैदानमा प्रवेश गरी शवहरु खान थालेका छन्।

बिजुलीको कटौतीका कारण अब आफ्नो इन्क्यूबेटरमा बस्न नसक्ने दर्जनौं समयपूर्व जन्मिएका बच्चाहरूको भाग्यको बारेमा पनि चिन्ता छ। सेल्मियाले तीमध्ये सात बच्चाको अक्सिजनको अभावमा मृत्यु भएको बताइन्।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid