सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।
को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो ।
चाडपर्वको बेला अनावश्यक रुपमा दुख दिएको जनगुनासो आइरहेको बेला प्रहरीले नै नियम पालना नगरेपछी रक्षक नै भक्षक भएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।