May 16, 2025 | शुक्रबार, जेष्ठ ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १७:२२
बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!
  • टाइम कार्ड छपाइमा अनियमितताको आशंका
  • छपाइमा लाग्ने शुल्क भन्दा बढी शुल्क किन तिरेर सुनौलो बि पि यातायातलाई नै छाप्न लगाइरहेको छ त ???
  • यात्रुप्रति अपराधिक जस्तै  व्यबहार प्रहरीको 
  • प्रशासनकै सेटिङमा  निजि सवारीले यात्रु बोक्दै 

काठमाण्डौ / साझापरिबेश डेक्स  ।।।

पूर्वी नेपालबाट संघिय राजधानी आउनका लागि साना मिनी तथा मझौला यातायातको  रोजाइमा  बर्दिबास बाट सिन्धुली हुँदै भक्तपुर काठमाण्डौ प्रबेश गर्ने बि पि राजमार्ग यात्रुहरु र सवारी चालकको रोजाइ बनेको छ । पूर्वबाट  हेटौंडा नारायणघाट हुँदै काठमाडौसम्मको यात्रा लामो र आरामदायी नहुनेभेकाले   मोटरसाइकल , निजि हलुका सवारी र मिनि सार्वजनिक यातायात यो बाटोको प्रयोग गर्दै आएको पछिल्लो तथ्यांकले बताइरहेको छ  । तथापि गएको अशोज २८ गतेबाट निजि सवारी तथा मोटरसाइकल सहितलाइ  बिपी राजमार्गमा टाइम कार्ड लागू गरेपछि यात्रुहरुले थप सास्ती भोग्न थालेको छन ।

बाटो साघुरो र चाप बढ्न थालेपछी  बिपी राजमार्गमा पर्ने जिल्लाहरुले सार्वजनिक सवारीसाधनमा टाइम कार्ड लागू गरेका थिए । तर दशै र तिहारमा सिन्धुली र काभ्रेले भने निजि सवारीसाधन र मोटरसाइकललाई पनि टाइम कार्ड लागू गरेका छन ।सडक सानो भएको र सवारीको चाप बडेकाले तिर्व गतिमा सवारीसाधन कुद्ने भएकाले सिन्धुली जिल्लाले आश्विन २७ गते सर्वदलीय निर्णय गरेर आश्विन २८ गतेबाट मोटरसाइकल र निजि सवारीसाधनमा पनि टाइम कार्ड लागू गरिएको सिन्धुलीको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । उनका अनुसार तिव्र गतिमा निजि सवारी साधन कुद्ने भएकाले दुर्घटना नियन्त्रण गर्न लागू गरिएको हो। उनका अनुसार निजि सवारी साधन र सार्वजनिक सवारीसाधनलाइ टाइम कार्डको लागि ५ रुपैया शुल्क लाग्ने र मोटरसाइकललाई निशुल्क रुपमा टाइम कार्ड दिइने सर्वदलीय निर्णय गरिएको हो।

टाइमकार्डको मुल्य ५ रुपैया

सार्वजनिक र निजि सवारीसाधनलाइ टाइम कार्ड लिए बापत ५ रुपैया शुल्क उठाइन्छ भने मोटरसाइकललाई निशुल्क उपलब्ध गराउने जिल्ला ट्राफिक कार्यलयका वरिष्ठ सइ यज्ञ बहादुर पालले बताए । उनका अनुसार उक्त टाइम कार्ड छपाइको लागत ५ रुपैया लाग्ने भएकाले ५ रुपैया नै  उठाइको जनाए । सर्वपक्षीय भेलमा छपाई शुल्क ५ रुपैयाँ लाग्ने भनेर छपाइ कम्पनिलाइ दिएको हो त्यो उठाए को सबै छपाईमा खर्च हुन्छ ।

तर उक्त टाइम कार्ड हेर्दा प्रतिपिस सामान्यता १:५० देखि २ रुपैयासम्म लाग्ने देखिन्छ । तर सो कार्डमा जिल्ला ट्राफिक कार्यलय सिन्धुलि र सुनौलो बि पि यातायात प्रा  लि को सहकार्यमा भनेर प्रकाशित भएको टाइम कार्डको छपाइ तथा बितरक सुनौलो बिपि यातायात रहेको देख्न सकिन्छ । यसको अर्थ के आफैमा प्रश्नवाचक चिन्ह लागिसकेको छ

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख प्र उ राजकुमार सिलवालका अनुसार उक्त टाइम कार्ड छपाइको जिम्मा ट्राफिक कार्यलयलाई दिएको बताए । उनले भने सर्वदलीय  छलफलबाट ५ रुपैया शुल्क उठाउने निर्णय गरेको हो र त्यसको जिम्मा ट्राफिक कार्यलयलाइ दिएको छ ।

टाइम कार्ड छपाइमा अनियमितताको आशंका

टाइम कार्ड छपाइमा अनियमितताको आशंका गर्न सकिन्छ । सुनौलो बिपि यातायात कम्पनी प्रा लि का अध्यक्ष कान्छाराम बमका अनुसार सुरुमा सुनौलो बिपि यातायात प्रालीले १० हजार प्रती टाइम कार्ड  निशुल्क प्रदान गरिएको बताए । उनका अनुसार १० हजार प्रती छपाइमा करिब १३/१४ हजार खर्च भएको बताए । उनका अनुसार एक प्रतिको १ रुपौया ४० पैसा लाग्ने अनुमान गर्न सकिन्छ तर जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका  प्रमुख यज्ञ बहादुर पालका अनुसार  ५ रुपैया प्रती पिस छाप्न दिएको बताएकोले  कतै अनियमितता त भएको छैन भन्ने सहजै अनुमान लाउन सकिन्छ । प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्ला ट्राफिकले बोलपत्र आव्हान गरेर छाप्ने बताएता पनी जिल्ला ट्राफिक कार्यलयले सुनौलो बिपि यातायातलाई छाप्ने जिम्मा लगाएको छ । उक्त टाइम कार्डमा सुनौलो बि पि यातायात र जिल्ला ट्राफिक कार्यलय सिन्धुलीको सहकार्यतामा भनिएर ठूलो अक्षरमा लेखिएको देख्न सकिन्छ । तर छपाइमा लाग्ने शुल्क भन्दा बढी शुल्क  तिरेर किन सुनौलो बि पि यातायातलाई नै छाप्न लगाइरहेको छ त ? भन्ने प्रश्न आफैमा खडा भएको छ ।

 

यात्रुप्रति अपराधिक जस्तै  व्यबहार प्रहरीको 

सिन्धुलीको जिल्ला प्रहरी कार्यालय नजिकै रहेको प्रहरी चेकपोस्टमा बसेका प्रहरीको व्यबहार एकदमै अशोभनीय रहेको यात्रुहरुले गुनासो गर्ने गरेका छन । बिशेश गरि मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरुलाइ प्रहरीले अपराधीजस्तै अशोभनीय व्यबहार गरेको यात्रुले बताएका छन । एउटा अपराधी भागेर समाउन खोजे जस्तो गरेर प्रहरीले व्यबहार गर्छन, एक यात्रुले साझापरिबेश लाई  दुखेसो पोख्दै बताए। टाइमकार्ड लागू गर्नु स्वागतयोग्य कार्य हो यसले दुर्घटना न्यूनीकरणमा सहज हुन्छ तर प्रहरीले गर्ने व्यबहार देख्दा म कुनै अपराध गरेर भागेको हु कि भन्ने भान भएको उनले बताए ।

उक्त बिषयमा जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख प्र उ राजकुमार सिलवालसग बुझ्दा मोटरसाइकल चालकले  टाइम कार्ड लिन नमान्ने भएकाले कहिले काहीँ यात्रुसग भनाभने पर्ने बताए । हामिले यात्रु सगको व्यबहार एकदम राम्रो गर्नु भनेर निर्देशन दिएका छौ कहि कतै त्यस्तो भेटिए हामी बुझेर सुधार गर्ने र उक्त व्यवहार गर्नेलाई कारबाही गर्छौ भनेर जानकारी दिए ।

प्रशासनकै सेटिङमा निजि सवारीले यात्रु बोक्दै 

प्रशासनको सेटिङमा निजि सवारीले नि यात्रु बोकेको भन्दै सुनौलो बि पी यातायात प्रा लि का अध्यक्ष कान्छाराम बमले आरोप प्रशाशनलाई नै  लगाएका छन । आर्थिक मन्दीको बेला निजि सवारी साधनले दैनिक रुपमा यात्रु ओसारपोसार गर्दै आएतापनी प्रशासन मुकदर्शक हुनुको कारण के हो भनेर साझापरिबेशलाई नै प्रश्न गरे  ।  उनले भने एकदिन हैन दुई दिन हैन एक महिना लगातार एउटै निजि सवारी साधनले यात्रु ओसारपोसार गरि हिडेको छ तर प्रहरी प्रशासन निजि सवारीचालक सग मिलेर सार्वजनिक सवारीलाई मार्कामा पारेको आरोप लगाएका छन्  । हामिले उक्त बिषयमा जिल्ला प्रशासन कार्यलय , जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक कार्यलयमा ध्यानाकर्षण गराएका छौ तर सुनुवाइ भने भएको छैन ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट