झापा ।।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा लौरो वितरण गर्नुभएको छ । उहाँले निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गर्नुभएको हो ।
गृह जिल्ला झापाका बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्ध शान्ति गाउँपालिकामा उहाँले हिजो र अस्ति आफ्नै खर्चमा ३०१ जना वृद्धलाई लौरो वितरण गर्नुभएको बताइएको छ । ज्येष्ठ नागरिकलाई हिँडडुलमा प्रमुख सहारा हुने उद्देश्यले लौरो दिइएको सभामुखले उल्लेख गर्नुभएको छ ।