sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनिती र समसामयिक परिस्थिती ; के ब्यवस्था नै परिवर्तन गर्नुपर्छ ?

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० 0९:५३
राजनिती र समसामयिक परिस्थिती  ; के ब्यवस्था नै परिवर्तन गर्नुपर्छ  ?

बिचार लेखक : दिपेश शर्मा ( झापा )

बर्तमान अबस्थामा अहिले ब्यबस्था परिबर्तन गरौ , गणतन्त्रले मुलकलाई केहि दिएन ,आम जनमनासमा निराशा , क्रोध , दण्डहिनता , या उपद्रोमात्र फैलायो भन्ने छ । यस्को मुख्य कारण भनेको नै राजनितिक दलका शिर्ष नेताहरुको ब्यबहारमा आएको बिचलन, बोलीमा आएको उदण्डता र उग्रपन, नियतमा खोट, सोचमा लाग्दै गएको खिया , बुडौली पनको कारण शारिरिक र मानसिक रुपमा आएको कमजोरीपन र बड्दै गएको धनको संचती र तस्लाई लुकाउन परेको सकसले गर्दा नै हो ।

आज एमाले अध्यक्षले भनेको सुन्दै थिए ब्यबस्था खराब हुदैन ब्यक्ती खराब हुन्छ, ब्यबस्थालाई दोष दिन मिल्दैन । यस्तै आसयका अन्य राजनितिक दलका केहि नेताहरुको पनि भनाई आई रहेको छ । त्यसमा म पनि पुर्ण रुपले सहमत छु । रोगलाई उन्मुलन गरे निरोगी हुन सकिन्छ सत्य हो तर रोग फैलने बाताबरण हामी आफु बनाउछौ र भन्छौ म निरोगी बनाउछु । यस्मा नियत खराब देखिदैन र ??
यिनै नेताले भन्दै थिए हामी २ तिहाई लिएर सत्तामा पुगेपछि देशका मुहार फेर्छौ । उनीहरुको भाषणको केहि अशं छोटकरीमा राख्न चाहे ” हाबा बाट बिजुली , पानी जहाज, भान्साको भित्तामा एउटा टोक्रो नझिक्नु होला सिलिन्डर होईन फिटिक थिच्ने , समुन्द्र कुनै देशको हुदैन सबैको हो नेपाली जहाज समुन्द्रमा ,पोखरा रेल, बेनी कुशवा त सुन्नु नै भएको होला । यस्मा पनि हामीले ताली नै बजायौ अलिक चाही गफ दिए तै पनि आधि चाही गर्लान भनेर तर दम्भ राजनैतिक सहमतिमा धोका , पार्टीका सहयात्रीहरुको ब्यबहार र नैतिकतामा देखिएको बिचलनले दुईचालक भएको बिमान दुर्धटनामा गयो ।

अर्का छन जनयुद्दका नायक हाम्रा प्रचण्ड बा, भित्ते राष्ट्रिपति दक्षिण एसियाको धनि देश बनाउछु भन्थे हामीले पनि पत्यायौ । केहि गर्छन जगंलबाट गरिबी धरातलबाट माटो र रगत सगं जनताका मुक्तीको रोजेको ब्यक्ती हुन सायद यिनले गर्छन भनेर आस थियो तर यिनले देश भनेको यिनले परिबार नातागोता लाई बुझेका रहेछन । सायद कुनै खलक बाकी छैनन होला जस्ले राजनितिक नियुक्ती पाएर देशको सेवा नगरेको होस । यिनको सम्पति प्रत्यक्ष रुपमा त २ कठ्ठा जमिन र २ तोला सुन नै होला तर पत्याउनुहोस नपत्याउनु होस अप्रत्यक्ष रुपमा यिनी दक्षिण एसिया कै धनी ब्यक्ती हुन ।

अर्का छन काङ्ग्रेसका बा । ति बा सार्है ज्ञानी छन तिनलाई अरु कोही चाहिदैन बश आरजु भाउजु हुनु पर्यो। तिनले के बोलेको तिनै भाउजुले मात्र बुझ्छिन र के बोल्ने बो त्यो पनि तिनै भाउजुले सिकाउछिन । अब अरुकेहि भनिरहनु नै परेन होला सार्है सजिलो छ यिन को परिचय ।

गणतन्त्रको खाका कोर्ने यिनै हौईनन र ?? एकजना गिरिजा प्रसाद कोईराला जो हाल यस धर्तीमा हुनु हुनुहुन्न उहाको बारेमा केहि बोल्न चाहिन मृत्य आत्माले चिरशान्ती पाओस । पाप र पुन्य हेर्न त्यहाका न्यायधिसलाई नै जिम्मा दिउ ।

यि सबै पात्र हरु नै खराब भए पछि यिनले ल्याएको ब्यबस्था सहि होला त ??? ब्यक्ति सहि भए पो ब्यबस्था सहि हुन्थियो त । अनि यिनको हारगुहार के छ भन्ने ब्यक्ती खराब ल ब्यक्ति खराब भए सचिने लाई कति बर्ष लाग्ने हो ? ३५-४० बर्ष त सचिदा सचिदा सक्यो त । फेरि जबानीमा सचिएर बुडेशकालमा बिग्रेकाहरु कहिले सुध्रेलान त ???
पहिला असन्तुष्टि नै देशको ब्यबस्था प्रति हुदै हौईन आम नागरिकको शिर्ष राजनितिक दलका शिर्ष ब्यक्ती नै असन्तुष्ट को कारक हुन ।

यिनले राजनितिबाट सन्यास लिउन त , दोस्रो तहलाई जिम्मा दिएर अभिभावक भुमिका निर्बाह गरुन त । ब्यबस्था प्रति कसैले बोल्दै बोल्दैन यि नया भनिएका बालेन , हर्क, हमाल, रबि, अहिले दुर्गा यि आफै रहरले राजनितीमा आएका नै हौईनन यिनलाई जबरजस्ती आउन बाध्य पारिएको हो ।
यस्तै होनाहार कति बिदेश गए बाध्यताको कारणले , कति जादै छन भोक को कारणले, नेता पनि गई रहन्छन कामले होइन घुम्न र उपचार गर्न, परिबार सहित अझ भत्ता पनि राज्यको त्यो पनि रु मा हौईन डलरमा पाउँछन् ।
अझै आफु नै भन्छन पार्टीका केहि नेता खराब छन भनेर पुरा पार्टीलाई दोष दिनमिल्दैन रे। मेरो बिचारमा त तिमीहरु खराब हौ पार्टीका अन्य नेता हौईन नत्र पार्टी खराब नेतालाई कार्बाही गर । संरक्षण किन गर्छौ ? निर्देशन दिनु पर्ने ठाउमा बसेर तिनै खराब नेताको निर्देशन किन स्बिकार गर्छौ ?

आजको राजनितिक समस्या भनेको नै राजनितिक दलका शिर्ष नेताहरु नै हुन । ४-५ जना तिनलाई परिबर्तन गरौ राष्ट्रपति सहित । त्यसपछि ब्यबस्था परिबर्तन गर्नु नै पर्दैन । तिनका निर्णयहरु परिबर्तन गरौ । अदालत र अन्य सबैधानिक निकायमा राजनितिक आस्थामा पदाशिन रहेका ब्यक्ति परिबर्तन गरौ । केहि जटिल बिषयहरु लाई जनमत सग्रहबाट निर्णय गरौ, प्रदेश सरकार खारेज गरौ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको ब्यबस्था गरौ । यति गरे ५-१० बर्ष स्थिर सरकार रहन्छ र त्यस पछि मुलुकले सहि दिशा निर्देश गर्न सक्ला कि ?

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid